मिर्गौला पीडित पदमको उपचारमा समस्या, सहयोगको अपिल

सुर्खेत । मिर्गौला पीडित पदम भण्डारीको उपचारमा समस्या भएको छ। दैलेखको दुल्लु नगरपालिका–९ घर भएका पदमको उपचारको क्रममा आर्थिक समस्या भएको हो।



उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेका छन्।

पदमका दिदी सुनिता खत्रीकाअनुसार पदमको उपचार नेपालगञ्ज शिक्षण अस्पताल कोहोलपुर बाँकेमा भइरहेको छ।

लामो समयदेखि मिर्गौला खराब बनेपछि पदम थला परेका छन्। पदमको शिक्षण अस्पतालमा डाइलासिस गरिरहेकाले भएको सबै सम्पत्ति सकिएकाले आर्थिक संकट परेको दिदी सुनिताले बताईन् ।

साथै उनले सबैले आ–आफ्नोतर्फबाट भाईलाई बचाइ दिनका लागि आर्थिक सहयोग गर्न पनि आग्रह गरिन ।

पदमलाई सहयोग गर्न चाहनेहरूले पदम भण्डारीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४४७०१०००१०५४४०१० मा पठाउन सकिने छ।

तपाईको प्रतिक्रिया