पिताको नाममा जनक बिष्टले स्थापना गरे ५० हजारको अक्षयकोष

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकमा रहेको विद्यापुर जनता बहुमुखी क्याम्पसका स्ववियु सचिव जनक बिष्टले अक्षयकोषको स्थापना गरेका छन्। सचिव विष्टले आफ्नो स्वर्गीय पिता चक्रबहादुर बिष्टको सम्झनामा अक्षयकोषको स्थापना गरेका हुन्।



सोमबार बिष्टले स्थापना गरेको अक्षयकोष ५० हजारको रहेको छ।

विष्टले आफ्ना स्व. पिता चक्रबहादुर बिष्टको सम्झनामा कोषको स्थापना गरिएको जानकारी दिए। उनकाअनुसार उक्त कोषमा जम्मा भएको रकम विद्यापुर जनता बहुमुखी क्याम्पसमा अध्ययपन गर्ने गरीब, जेहेन्दार अपाङ्ग र पिछडिएका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया