सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–१ मटेलामा दुई दिने स–शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। (माघ २१ र २२) गते आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन हुने भएको हो।
कोहलपुर डेण्टल हस्पिटल बाँकेको आयोजनामा उक्त शिविर सञ्चालन भएको हो।


कोहलपुर हस्पिटलका सञ्चालक गजेन्द्रबहादुर शाहीले मटेलामा आज र भोली गरि दुई दिन विशेषज्ञ स्वास्थ्य शिविर सञ्चलानमा आएको जानकारी दिए।

उनका अनुसार शिविरमा जनरल फिजिसियन, स्त्री रोग विशेषज्ञ सेवा, दन्त उपचार सेवा र आँखा जाँच गरेर चारवटा सेवाहरू उपलब्ध गरिएका छन् भने उक्त सेवा सम्बन्धि वरिष्ठ तथा अनुभवी डाक्टरहरूबाट चेकजाँच तथा उपचार हुनेछ।
नागरिकहरूले शिविर सञ्चालन भएको दुई दिनमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सक्नेछन्।
शिविरमा छाती, मुटु, पेट, सुगर, प्रेसर, दमको साथै हाड÷जोर्नी दुख्ने, ढाड कम्मर दुख्ने, स्त्री रोग सम्बन्धि महिला एवं किशोरी तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आँखा, दाँत, गिजा सम्बन्धि चेक जाँच साथै चस्मा वितरण, दिसा, पिसाब जाँच, सादा तथा भिडियो एक्सरे लगायतका सुविधाहरू उपलब्ध गरिनेछन्।

नेपाल कर्म । २१ माघ २०८०, आईतवार १२:४६