सल्यानमा ट्याक्टर दुर्घटनाहुँदा चालकको मृत्यु

सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।



जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यानकै कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक बिक रहेका छन्।

उनको गोबर बोकेर ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ रहेको छ।

प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले गोबर बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना चालकको मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका बिकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ।

तपाईको प्रतिक्रिया