सुर्खेत । निजि हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाईन्सले नेपालमै पहिलो पटक कैलाश मानसरोवरमा माउण्टेन फ्लाईट गरेको छ । सीआरजे ७०० ९ एन एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वततीय उडान भरेको हो ।

नेपाली भुभागबाट यसरी उडान गरिएको यो पहिलो पल्ट हो । नेपालगन्जबाट नेपाली, भारतीय, विदेशी लगायत तथा धार्मिक पर्यटकहरु आर्कर्षित गर्न सकिने र आर्थिक गतिविधीमा समेत महत्वपूर्ण उपलव्धी हुन सक्ने विश्वासका साथ उडान भरेको श्रीले जनाएको छ । श्री एयरलाईन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज, पाथिल होलिडे काठमाण्डौंको सहकार्यमा २७ हजार फिट माथिबाट कैलाश तथा मानसरोवर दर्शनका लागि उडान गरिएको हो ।



उक्त उडान क्या. प्रफुल्ल बैद्य तथा क्या. राजेश श्रेष्ठ को नेतृत्वमा चालकदलका ५ सहित ४४ जना यात्रु रहेका थिए । ३५ वटा सिटको झ्यालबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन पश्चात यात्रुलाई काठमाण्डौंको पशुपतिनाथको समेत दर्शन गराउने योजना रहेको श्री ले जनाएको छ ।

नेपाल कर्म । १५ माघ २०८०, सोमबार १२:४३