वीरेन्द्रनगरमा यसवर्षकै बढी जाडो, कति मापन भयो तापक्रम ?

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज बिहान ८ः४५ बजे वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको हो ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरेन्द्रनगरमा मापन भएकाे तापक्रम यो वर्षमा अहिलेसम्मकै कम रेकर्ड हो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।

यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया