कर्णालीमा गठबन्धनदल माओवादीसँग सन्तुष्ट छैन् काँग्रेस

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसका ११४ मत एमालेलाई

सुर्खेत । कर्णालीमा गठबन्धनभित्रै किचलो बढेको राष्ट्रिय सभा निर्वाचनले देखाएको छ। माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनले कर्णालीमा गठबन्धन दलभित्रै मनमुटाब देखिएको हो। गठबन्धनमा आन्तरिक कुरा नामिल्दा एमालेलाई राहत मिलेको छ। राष्ट्रिय सभा निर्वाचनबाट एमालेका उम्मेदवारलाई एमालेका मत भन्दा ११४ मत बढेको छ। नेपाली काँग्रेसका ६ जना जनप्रतिनिधिले राष्ट्रिय सभा निर्वाचनमा फ्लोर क्रस गरेका हुन्। मतदान गर्ने सबै स्थानीय तहका ६ जना जनप्रतिनिधि रहेका छन्।



फ्लोर क्रस गर्ने मध्येका एक जना मतदाताले भने, ‘हामी यो गठबन्धनबाट एक प्रतिशत पनि सन्तुष्ट छैनौं। पार्टी केन्द्रले जनाताले भनेअनुसारको उम्मेदवार कहिले उठाएन्। त्यसैले म सहित पाच जनाले एमालेका उम्मेदवारलाई मतदान गरेका हौँ।’

स्रोतका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू अहिलेको गठबन्धनबाट सन्तुष्ट भएका हुन्। आधिकाँश नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले नेकपा माओवादी केन्द्रबाट बेला–बेला धोका हुने गरेको बताउँदै आएका छन्।

नेपाली काँग्रेसकै जनप्रतिनिधिको फ्लोर क्रसले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिलातर्फ एमालेकी रुकमणी कोइराला विजयी भएकी थिइन्। उनले गठबन्धनका उम्मेदवार नेकपा माओवादी नेतृ चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्।

यस्तै, कर्णाली पनि एमालेका मत बलियो भएको खण्डमा एमालेकी शाही विजयी हुने सम्भावना निर्वाचनले देखाएको छ। एमालेबाट महिलातर्फ उम्मेदवार बनेकी विमलाकुमारी शाहीलाई नेपाली काँग्रेसका ६ जना मतदाताले मतदान गरेका हुन्। शाहीले प्रदेशतर्फ ११ मत अर्थात् ५८३ र स्थानीयतर्फ ४१ अर्थात् ७७९ गरि जम्मा एक हजार ३६२ मतभार प्राप्त गरेकी छन्।

यस्तै, कर्णालीमा गठबन्धनका प्रदेशतर्फ २९ र स्थानीयतर्फ १२१ मत र स्थानीयतर्फ एमालेका ३५ मत र प्रदेशसभातर्फ १० मत रहेका थिए। शाहीलाई प्रदेश सभामा रहेको राप्रपाको एक भोट र स्थानीय तहका ६ जना जनप्रतिनिधिले मतदान गरेका हुन्।

यस्तै, एमालेबाट उम्मेदवार दलित र खुल्लातर्फ पनि गठबन्धनबाट एक–एक मत थपिएको छ।

प्रदेश निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणम अनुसार महिलातर्फ गठबन्धनबाट विजयी सावित्री मल्लले प्रदेशतर्फ २९ मत अर्थात् एक हजार ५३७ र स्थानीयतपर्फ ११५ मत अर्थात् दुई हजार १८५ गरि जम्मा तीन हजार ७२२ मतभार प्राप्त गरेर विजयी भएकी हुन्।

यस्तै, दलिततर्फ गठबन्धनका विष्णुबहादुर विक निर्वाचित भएका थिए। उनले प्रदेश सभामा २९ मत २९ मत अर्थात् एक हजार ५३७ र स्थानीयतर्फ १२० मत अर्थात् २ हजार २८० गरि जम्मा ३ हजार ८१७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्धन्द्धी एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ मत अर्थात् ५८३ र स्थानीयतर्फ ३६ मत अर्थात् ६८४ गरि जम्मा १ हजार २६७ मतभार प्राप्त गरेका छन्।

अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत अर्थात् एक हजार ५९० र स्थानीयतर्फ १२० मत अर्थात् २ हजार २८० गरि जम्मा ३ हजार ८७० मतभार प्राप्त गरेका निर्वाचित भएका थिए। रोकायाका प्रतिद्धन्द्धी एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० मत अर्थात ५३० र स्थानीयतर्फ ३६ मत अर्थात् ६८४ गरि जम्मा १ हजार २१४ मतभार प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया