सुर्खेत । ड्रागन फ्रुट उत्पादन किसान संघ सुर्खेतको अध्यक्षमा हिराबहादुर घर्ती चयन भयका छन्।
शनिबार सम्पन्न संघको साधारण सभाले घर्तिको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।


संघको उपाध्यक्षमा पद्माकुमारी रावत (बुढा), सचिवमा महेन्द्रप्रसाद खनाल र कोषाध्यक्षमा समीर खत्री चयन भयका छन्।

यसैगरी सदस्यहरूमा मनिषा डागी, ज्ञानबहादुर नेपाली र पर्शुराम धमला चयन भयका छन्।
संघले ड्रागन फ्रुट उत्पादन गर्दै आएका किसानको विषयमा काम गर्दै आएको छ।

नेपाल कर्म । १३ माघ २०८०, शनिबार १७:१८