सुर्खेत । राष्ट्रिय सभामा कर्णालीबाट रिक्त रहेको महिला क्लस्टरमा नेकपा एकिकृत समाजवादीकी सावित्री मल्ल विजयी भएकी छन् । मल्लले नेकपा एमालेकी उम्मेदवार विमलाकुमारी शाहीलाई हराएकी हुन् । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ मल्लले २९ अर्थात एक हजार ५ सय ३७ र स्थानीय जनप्रतिनिधिबाट १ सय १५ अर्थात् २ हजार १ सय ८५ गरि जम्मा तीन हजार ७ सय २२ मत प्राप्त गरेकी छन् ।


यस्तै, एमालेबाट उम्मेदवार विमलाकुमारी शाहीले प्रदेश सभातर्फ ११ अर्थात् ५ सय ८३ र स्थानीयतर्फ ४१ अर्थात् ७ सय ७९ गरि जम्मा एक हजार ३ सय ६२ मत प्राप्त गरेकि छन् । यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । अहिले अन्य क्लस्टरको मतगणना भइरहेको छ ।


नेपाल कर्म । ११ माघ २०८०, बिहीबार १७:२९