राष्ट्रिय सभा सदस्य चयनका लागि जारी मतदान सकियो, ३ बजेपछि मतगणना हुने

सुर्खेत । कर्णालीमा राष्ट्रिय सभा सदस्य चयनका लागि जारी मतदान सकिएको छ । कर्णालीका ७९ पालिकाका १ सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना सांसदले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । मतदान सकिएसँगै दिउँसो ३ पछि मतगणना सुरु हुने उनले बताए ।



कर्णालीबाट राष्ट्रिय सभाका लागि रिक्त ३ पदका लागि दलित, महिला र अन्य पदका लागि ६ जना उम्मेदवार छन् । जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादीका विष्णु विक र एकीकृत समाजवादीकी सावित्री मल्ल छन् । यस्तै, एमालेबाट विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विक उम्मेदवार रहेका छन् ।

नेकपा एमालेको भन्दा गठबन्धनक मतभार ३ गुणाले बढी छ । प्रदेशसभाका सदस्यहरूको मतभार २ हजार १ सय २० र पालिकाका जनप्रतिनिधिको २ हजार ९ सय ६४ कुल ५ हजार ८४ मतभार छ । जसमा ३ हजार ७७९ मतभार गठवन्धनसँग हुँदा एमालेसँग् १ हजार १ सय ९५ छ ।

तपाईको प्रतिक्रिया