सुर्खेत वितरक संघको अध्यक्षमा कमलप्रसाद चालिसे

सुर्खेत । सुर्खेत वितरक संघको अध्यक्षमा कमलप्रसाद चालिसे चयन भएका छन्। शनिबार भएको संघको साधारण सभाबाट चालिसे चयन भएका हुन्।



संघको उपाध्यक्षमा श्याम पौडेल, सचिवमा सुरेश देवकोटा, कोषाध्यक्षमा बूर्षबहादुर विष्ट चयन भएका छन।

यस्तै, सदस्यहरुमा गणेश शर्मा ढकाल, बबिन थापा, नविन बस्नेत, मानकुमारी चौधरी, लक्ष्मी भुषाल, रमेश गौली र हेमन्त गिरी चयन भएका छन्।

तपाईको प्रतिक्रिया