सुर्खेत । वीरेन्द्रनगरमा गाडी सञ्चालनका विषयमा दुई यातायात व्यवसायी बिच झडप भएको छ । केही साता अघि सञ्चालनमा आएको भिजिट कर्णाली यातायात प्रालिका कर्मचारी माथि संयूक्त यातायात व्यवसायीका केही व्यक्तिले हातपात गरेपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी एक जना घाइते भएका छन् ।

बुलबुले गेट नजिक रहेको भिजिट कर्णालीको काउन्टरमा टिकट काटिरहेका अवस्थामा संयूक्त यातायात व्यवसायीका केही व्यक्तिले हातपात गरेकाे भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमिक्त प्रवक्ता कष्णबहादुर खड्का अनुसार अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने विवाद मिलाउन दुई समूहलाई राखेर छलफल गर्ने प्रयास भइरहेको छ ।


नेपाल कर्म । ६ माघ २०८०, शनिबार १०:१४