एमाले अध्यक्षद्धारा एमयुमा नवनिर्मित भवनको उद्घाटन

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुर्खेतमा पुगेर उद्घाटन गरेका हुन्।



ओलीले विश्वविद्यालयको विद्यालयको स्कुल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन सँगै उक्त भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गरेका छन्।

यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उद्घाटन ओलीले गरेका छन्।

अध्यक्ष ओलीले भवन उद्घाटन गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय विश्वविद्यालयमा पढाइको व्यवस्थापन, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधारहुँदै गएको बताए।

साथै ओलीले मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारसँगै भौतिक संरचनाका हिसाबले अन्य विश्वविद्यालयहरुमा अगाडी बढेको देखिएको बताए।

उनले भने, ‘विश्वविद्यालयले आफ्नो शिक्षालाई प्राविधितर्फ जोड्दै भौतिक संरचनामा समेत अगाडी बढेको देखियो। प्राविधिक पक्ष र हुम्यानिटिजतर्फ सबै विषयमा गुणस्तरीय शिक्षा विश्वविद्यालयले प्रदान गरेको कुरा अनुगमनबाट देखिएको छ।’

यस्तै, शुक्रबार दिउँसो साढे ३ बजेबाट विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रम भएको छ।

यस्तै, ओलीले शुक्रबार नै नेकपा एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

तपाईको प्रतिक्रिया