एमाले अध्यक्ष ओलीद्वारा एमयुको भवन उद्घाटन

सुर्खेत । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गरेका छन् ।



एमाले अध्यक्ष ओलीले मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदीबासी ज्ञान, सीप तथा प्रबिधि संस्थानको भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डार भएकाले यसको विकासका लागि आफुै सधै तयार रहेको एमाले अध्यक्ष ओलीले बताए ।

‘मध्यपश्चिम विश्वविद्यालयलाई आफुले सधै साथ र सहयोग गरेको छु ।’ उनले भने,‘यसका लागि मैले धेरै काम गरेको छु ।’

तपाईको प्रतिक्रिया