सुर्खेत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कर्णाली प्रदेशको पहिलो अधिवेशन यही माघ ७ र ८ गते हुँदैछ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेशको अधिवेशन दैलेख सदरमुकाममा हुने भएको हो।


यही माघ ७ र ८ गते हुने अधिवेशनका लागि अनेरास्ववियुले सबै तयारी समेत पूरा गरिसकेको जनाएको छ।
अनेरास्ववियुका प्रदेश सह–संयोजक मिजाश मल्लले अनेरास्ववियुको प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार १० वटा जिल्ला तथा विभिन्न क्याम्पस कमिटीबाट गरि एक सय ८४ जना प्रतिनिधिको सहभागी रहनेछ।
यस्तै, अधिवेशनको समय आउन करिब दुई दिन बाँकी रहँदा विद्यार्थी नेताहरूले अध्यक्ष पदका लागि आफ्ना आङ्काक्षा समेत देखाएका छन्।
यसरी अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदका लागि चार जना विद्यार्थी नेताले इच्छा देखाएका अनेरास्ववियुका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार अध्यक्ष पदका लागि हालका प्रदेश संयोजक मुगुका ललित मल्ल, सह–संयोजक रूकुमपश्चिमका मिजाश मल्ल, सल्यानका राजेश वली र जाजरकोटका विवश भारती रहेका छन्।

नेपाल कर्म । ५ माघ २०८०, शुक्रबार १५:१८