महोत्तरी । महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ। मंगलबार मध्याह्न बैंकमा प्रवेश गरेको हतियारधारी समूहले लुटपाट गरेको हो।
चार जनाको समूहले पेस्तोल देखाएर बैंक लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


बैंकमा भएको लुटपाटको सिसिटिभी फुटेज बाहिरिएको छ। जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

उनीहरुले ग्राहकलाई एकैतिर उभ्याएर काउन्टरभित्र प्रवेश गरेको सीसीटीभी फुटजमा देखिएको छ।
बैंकबाट के कति रकम लुटियो भन्ने यकिन तथ्यांक आएकाे छैन। तर ३५ देखि ३८ लाख लुटिएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।
लुटपाट गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।

नेपाल कर्म । १६ जेष्ठ २०८०, मंगलवार १७:२७