युवासंघ पञ्चपुरी नगरपालिका–२ नम्बर वडा कमिटी गठन

दिलिप कडेल



सुर्खेत । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालको आयोजनामा पञ्चपुरी नगरपालिकाको वडा नं २ मा वडा कमिटी गठन गरिएको छ। पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा कमिटी अध्यक्ष भिमराज बुढाको अध्यक्षतामा पलैटेमा कमिटी गठन गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल पञ्चपुरी नगरपालिका–२ ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले नगर कमिटी अध्यक्ष धनबहादुर थापाले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताए।

उनले भने, ‘युवा त्यो हो जोसंग सुदृढ सपना र त्यसलाई पुरा गर्ने सहास छ।त्यसैले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी छ। समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नुभएको छ।युवा देश निर्माणको मेरुडण्ड हो। त्यसैले विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन आवश्यक छ।’

साथै समाजमा हुने सामाजिक बिकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी भएको बताउँदै गलत कार्यबिरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्ने बताए।

साथै उनले समाज सुधारका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

युवा संघको भेलामा बेल्दै युवा संघ नेपाल पञ्चपुरी नगर कमिटी सचिव युवराज आर्चाले समाजको मुहार फेर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताए।

उनले भने, ‘युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवाको सहभागिता हुन जरुरी छ। युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजाने कुरामा मेरो पनि सहयोग रहन्छ।’

यस्तै, नगरपालिका वडा नम्बर २ को पलैटेमा भएको युवा संघको भेलाले खड्क रावलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ।

तपाईको प्रतिक्रिया