कर्णालीमाथि सुदूरपश्चिमको फराकिलो जित

सुर्खेत । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा मंगलबार दोस्रोत जित हात पार्ने क्रममा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ । भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै कर्णालीलाई २७८ रनको बलियो लक्ष्य दिएको थियो । तर, कर्णाली ३७.२ बलमा १४३ रन बनाउँदा अलआउट भयो । यसरी सुदूरपश्चिमले १३४ रनको फराकिलो जित निकालेको हो ।



कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिए भने विकास आग्रीले २ विकेट लिए ।

त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक बनाउँदा उसले ठूलो स्कोर खडा गरेको थियो । जारी प्रतियोगितामा यो सुदूरको लगातार दोस्रो जित हो भने कर्णालीको पहिलो हार ।

तपाईको प्रतिक्रिया