एमाले केन्द्रीय सदस्यकाे जिम्मेवारी पाएका ६ सदस्यले लिए शपथ

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।



एमाले अध्यक्ष केपी शर्मा ओलीबाट मंगलबार नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गराएका हुन्।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एकजना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन्।

यस्तै झापा अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। एमाले केन्द्रीय कार्यालयमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तपाईको प्रतिक्रिया