सुर्खेत । २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०८० दुल्लुमा सम्पन्न भएको छ। ‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्शा डिजाइन र निर्माण गरौं, स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं। भन्ने मूल नाराका साथमा सम्पन्न भएको हो।
पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु–८ को आयोजनामा भुकम्पिय जोखिम न्युनिकरण सचेतना कार्यक्रममा शिक्षालयका सिभिल र औद्योगिक प्रशिक्षआर्थिहरुको सहभागितामा कार्यक्रम गरिएको हो।


उक्त संचालित कार्यक्रममा सिभिल कार्यक्रम संयोजक इन्जिजियर चन्द्रबहादुर खड्का, दुल्लु नगरपालिकामा कार्यरत इन्जिनियर सुर्य नेपाली, भुकम्प र यसका जोखिमका विषयमा इन्जिजियर बालकृष्ण लम्सालमार्फत अभिमुखिकरण भएको शिक्षालयका श्यामसुन्दर गिरीले जानकरी दिए।

कार्यक्रमले नयाँ बन्ने घरको लागि डीजाइन गर्न सजीलो भएको विद्यार्थीहरुको भनाइ छ।
पालिका समन्वयमा पुराना घरको प्रबलिकरण गर्न शिक्षालयले प्राविधिक सहयोग गर्ने डाक्टर लोकेन्द्र खड्काले बताए।

नेपाल कर्म । २ माघ २०८०, मंगलवार १४:०५