सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले जैविक विविधता र माघी पर्व मानव सभ्ययता र संस्कृति संग अन्तरसम्बन्ध रहेको बताएका छन्।
होमस्टे महासंघ कर्णाली प्रदेश समितिको आयोजना कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, लि- वर्ड, डिसिएको सहकार्यमा वीरेन्द्रनगर ९ पातलगंगा होमस्टेमा कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा,संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० र माघी महोत्सव उद्धघाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री शर्माले जैविक विविधता र माघी पर्व मानव सभ्ययता र संस्कृति संग अन्तरसम्बन्ध रहेको बताएका हुन्।


दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० र माघी महोत्सव अवसरमा शुभकामना दिदै मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले कर्णालीमा रहेका कृषि ,पशु, जलचर, तथा प्राकृति तथा पर्यटकीय ताल तलैयाको संरक्षण गर्ने निति अनुसार जैविक विविधताको संरक्षणबाट कृषि र संस्कृतको संरक्षण गर्ने बताए ।

अहिलेको सामाजिक रुपान्तरण गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाबाट मात्रै सम्भव भएको बताउदै माघी पर्वमा कमलहरी साट्ने दिनको रुपमा मनाउने प्रथा पनि संघीयता स्थापना बाट समाप्त भएको जिकिर गर्नुभयो ।उहाँले भन्नुभयो २६४७ बर्ष पहिले माघी पर्व तथा थारुसमुदायको नयाँ बर्षका दिन नयाँ कमलहरी बनाउने र मालिकले साटासाट गर्ने गरेको तिथो भोगाइ सहदै आएको थारु समुदाय आज संस्कार र संस्कृति र मानव समाजमा रहने वातावरण देशमा भएको माओवादी आन्दोलन १९ दिने जनआन्दोलन थारु आन्दोलन बाट मात्रै सम्भव भएकाले संघीयताका खिचिटिउरी गर्ने संग सचेत रहन आग्रह गरे।
मन्त्री शर्माले जैविक विवविधता दिवस तथा माघी महोत्सव २०८० को अवसरमा बिभिन्न संघ संस्थाले कर्णालीका रैथाने बाली तथा थारु समुदायको परम्परागत संस्कृतिको अवलोकन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय सुर्खेत जिल्ला समन्वय प्रमुख गंगाराम सुनार, प्रदेश सचिव नरहरि प्रसाद घिमिरे , उपप्रमुख सचिन बडुवाल, कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकाया, कृषि महाशाखा प्रमुख धनबहादुर कठायतको विशेष उपस्थिति रहेको थियो ।

नेपाल कर्म । १ माघ २०८०, सोमबार १७:५९