मुगुमा एक बालिकामाथी बलत्कार, प्रहरीदेखि सरकारी कर्मचारी नै संलग्न

सुर्खेत । मुगुमा एक १४ वर्षीया बालिकामाथी बलत्कार भएको छ । प्रहरीदेखि सरकारी कर्मचारी र केही स्थानीयको जबरजस्ती करणीपछि बालिकाको गर्भमा बच्चा बसेपछि घटना बाहिरिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले पीडित बालिकाले आफूमाथी बलत्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको नेपालकर्मलाई जानकारी दिए ।
गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भू्रण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो ।
थापाका अनुसार बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका २२ वर्षीय बसन्त रोकाया लगायतविरुद्ध जाहेरी परेको छ ।



१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

बलात्कारपछि पेट दुख्ने लगायतका समस्या देखापरेपछि बालिका जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउन पुगेकी थिइन । त्यहाँ जाँच गराउदा उनको गर्भमा बच्चा रहेको पाइएकोको थियो ।
बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन बालकसहित नगर प्रहरी बसन्त कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी बसन्त रोकायालाई पक्राउ गरिएको र बाँकीको खोजि भइरहेको मुगुका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया