सुर्खेत । उपचार गर्दा जायजेथा सकिएको र थप उपचार गर्न रकम अभाव भएपछि हुम्लाका एक परिवारले सहयोगको याचना गरेका छन्। सर्केगाड गाउँपालिका—८ हुम्लाका जगत विश्वकर्माले फोक्सो, मिर्गौला लगायतको रोगको थप उपचार गर्न रकम नभएपछि सहयोगको याचना गरेका हुन्।
२०७३ सालदेखि उपचार गर्दा आफुसँग भएको सबै चल–अचल सम्पत्ति सकिएको र मागेको रकम पनि सकिएपछि अहिले थप उपचार गर्न रकम अभाव भएको छ। उनले थप उपचारका लागि रकम अभावका करण अहिले सहयोगको लागि भौंतारिरहेका छन्।
जगतका श्रीमती देवीसरा विश्वकर्माले २०७३ सालमा सुरुमा उच्च रक्तचाप देखिएको र त्यसपछि उपचार गराउँदा गराउँदा रोगको पहिचान नहुँदा उपचारमा धेरै रकम खर्च भइसकेको छ।

जगतले काठमाडौंका नाम चलेका वीर अस्पतालगायत दर्जनौं अस्पतालमा उपचार गर्दा गर्दा भए भरको रकम सकिएको बताए। उनले भने, ‘फोक्सोमा पानी भरिएको, मिर्गौला, कलेजोमा असर परेको, खुट्टा र पेट फुलेकोहुँदा थप उपचारका लागि चाहिने रकम नभएपछि अहिले सामाजिक विकास मन्त्रालयलगायतका ठाउँमा सहयोगको माग गर्दै हिँडेका छौँ।’

उनले थपे, ‘नेपाललगायत भारतको लखनऊसमेत उपचार गर्दा हालसम्म करिव ४५ लाख रकम सकियो। भएको जग्गा जमीन, मागेको सहयोग सबै सकिएको तर, स्वास्थ्यमा कुनै सुधार भएन्।’

अहिले थप उपचारका लागि रकमको आवश्यकता पर्ने भएकोले सहयोग गर्न सबैसँग अनुरोध गरेका छन्।
सहयोगी मनहरुका लागि सहयोग गर्न नवीन बैंकमा जगत विश्वकर्माको नाममा रहेको खाता नं ०४१००१७५१४०२७ मा रकम जम्मा गर्न सकिने उनले बताए।
साथै जगतकी श्रीमती देवीसरा विश्वकर्मा र मोबाइल नम्बर ९८४८१९३६२१ मा पनि सम्पर्क गर्न सकिनेछ।
जगत तथा देवीसराले आफ्नो उपचारमा सहयोग गरिदिनु हुन सबैलाई आग्रह गरेका छन्।

नेपाल कर्म । १६ जेष्ठ २०८०, मंगलवार १७:१३