भेरीगंगाको पैसँठीमा सवारी दुर्घटना, स्कार्पियो चालक फरार

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–१३ स्थित पैसँठीमा सवारी दुर्घटनामा परेको छ। आइबार दिउँसो १२ बजेको समयमा स्कार्पियो र भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।



सुर्खेतबाट छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरित दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्रसिंह बुढाथोकीले जानकारी दिए।

उनका अनुसार सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार स्कार्पियोका चालक भने फरार रहेका छन्।

तपाईको प्रतिक्रिया