वीरेन्द्रनगर । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका–१३ फलात्ता स्थित गमगढी–हुम्ला सडकखण्डमा भएको दुर्घटना दुई जनाको मृत्यु भएको छ। सदरमुकाम गमगढिबाट बामतर्फ खानेपानीको पाईप लिएर गएको लु ४ त ७३६८ नम्बरको ट्याक्टर दुर्घटनामा परहेको हो।
सडकबाट अन्दाजी ४० मिटर तल खस्न जाँदा चालक छाँयानाथ रारा नगरपालिका–१४ फाईपाटा बस्ने अन्दाजी ३२ वर्षीय कासिराम बडुवाल र सोही ठाउँका सह–चालक अन्दाजी २५ वर्षीया शिव बडुवालको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।


नेपाल कर्म । १६ जेष्ठ २०८०, मंगलवार १५:०९