राप्ती नदीमा बस खस्याे, १२ जनाकाे मृत्यु

सुर्खेत । नेपालगञ्जबाट काठमाडौं आइरहेको बस दाङको भालुवाङमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । भे १ ख ३९१२ नम्बरको बस गए राति राप्ती पुलबाट खसेको इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ ।



दुर्घटनामा ११ पुरुष र १ महिलासहित १२ जनाको मृत्यु भएको हाे । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

मृतकको पहिचान हुन सकेको छैन । घाइतेलाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको छ ।

सल्यानका २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया