जनयुद्धको झल्को दिने सर्ट फिल्म ‘म कमरेड’

सुर्खेत । जनयुद्धको झल्को दिने ‘म कमरेड’ नामक सर्ट फिल्म रिलिज भएको छ। विभिन्न अन्तराष्ट्रिय महोत्सबहरूमा प्रदर्शन पश्चात उक्त सर्ट फिल्म म युट्युबबाट रिलिज भएको हो।



उक्त सर्ट फिल्ममा पूर्वलडाकुको अवस्था चित्रण गरिएको छ। फिल्मको छायांकन सुर्खेतमा गरिएको हो। फिल्म छायांकन हँुदै गर्दा कोरोनाको कारण भएको लकडाउनमा समेत छायांकन नरोकिएको फिल्मका निर्देशक निर्मल पौडेलले जानकारी दिए।

पौडेलले भने ‘आफ्नै अगाडी देखेको भोगेको घटना भएकोले त्यसलाई थिममा प्रयोग गरेर सर्ट फिल्म बनाउने मन थियो। सोहिअनुसार उक्त फिल्म निर्माण गरिएको हो।’

फिल्म काफिया मिडिया, कर्णाली आर्ट्स र निर्मल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ।

फिल्मको निर्माताको रुपमा रिता पौडेल, गणेश कन्चन भारती रहेका छन् भने कार्यकारी निर्माताको रुपमा धिरेन चन्द रहेका छन्। ‘म कमरेड’ नामक सर्ट फिल्मको मुख्य भूमिकामा कलाकार सुरबिना कार्की, प्रेमदेव गिरि, निर्जला सुनार र रियल बिक्रम लगायतका कलाकारहरू रहेका छन्।

यस्तै, अमेरिकाको सिकाको साउथ एसिन फिल्म फेस्टिवल, ढाका अन्तराष्ट्रिय फिल्म फेस्टिवल, नेपाल इन्टरनेसनल फिल्म फेस्टिवल, मुम्बा सर्ट फिल्म फेस्टिवल मुम्बई, डाक्टर अम्बेडकर फिल्म फेस्टिवल मुम्बई, साउथ एसियन सर्ट फिल्म फेस्टिवल कलकत्ता, हुमन राइट्स फिल्म फेस्टिवल नेपाल लगायतका फिल्म फेस्टिवलहरूमा छनोट भएर यो सर्ट फिल्म प्रदर्शन भइसकेको छ।

उक्त महोत्सबहरूमा मिलेको प्रतिक्रियाले फिल्म निर्माणकार्यमा थप हौसला मिलेको निर्देशक निर्मल पौडेलले जानकारी दिए।

यस फिल्मको लेखन तथा निर्देशन पौडेलले आफै गरेका हुन्। उनले ओस्कार फिल्म कलेजबाट फिल्म निर्देशनमा स्नातक गरेका छन्।

तपाईको प्रतिक्रिया