पुलिसका रविन चन्द र पहल गहतराज सर्वोत्कृष्ट र उदियमान खेलाडी घोषित

सुर्खेत । ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी तथा उदियमान खेलाडीमा नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द र पहल गहतराज घोषित भएका छन्। सुर्खेतस्थित वीरेन्द्रनगरको खुल्लामञ्चमा भएको प्रतियोगितमा एपीएफलाई हराउँदै च्याम्पियन बनेको पुलिस क्लबबाट रविन र पहल सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।



पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए। रविनले समूह चरणको तुलनामा सेमिफाइनल र फाइनलमा सानदार प्रदर्शन गरेका थिए।

फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो। पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट लगतार आफ्नो पक्षमा पारेको थियो।

यसअघि समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो। उक्त समूह चरणको पुलिसले समूह एपिएफसँग बदला लिएको छ।

यस्तै, नेपाल पुलिस क्लब च्याम्पियन बनेसँगै एपीएफ क्लब भने ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो बनेको छ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

सर्वोत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उनलाई लक्ष्मी नारायाण मेमोरियल ट्रष्टबाट १२ हजार, अमेरीकामा रहेका नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षले १० हजार रुपैयाँ, हङकङमा रहेका मोहन बाकमलले ५ हजार रुपैयाँ सम्मान स्वरूप पुरस्कार प्रदान गरेका छन्।

यस्तै, उदियमान खेलाडी पहलले ट्रफीसँगै ५ हजार रुपैयाँ हात पारेका छन्। पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिएका छन्।

यस्तै, एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकी प्रदेशका जीवन सुनार उत्कृष्ट सर्भर घोषित भएका छन्। उनीहरुले समान ५ हजार रुपैयाँसँगै ट्रफी हात पारेका छन्।

तपाईको प्रतिक्रिया