३४औँ राष्ट्रिय भलिबल प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबलाई

सुर्खेत । ३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ। राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लबले जित हात पारेको हो।



उपाधीका लागि बिहीबार दिउँसो १ बजेदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्चमा भएको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेलमा पुलिस क्लबले उपाधी हातपार्न सफल भएको हो।

उक्त खेलमा एपिएफले पुसिललाई पहिलो सेटमा विजयी भएको थियो भने त्यसपछि भएका सेटहरूमा लगतार पुलिसले जित निकाल्दै राष्ट्रिय भलिबल प्रतियोगीताको विजयी हो।

निकै प्रतिस्पर्धात्मक देखिएको यो दुई समूहबीचको खेलमा एपिएफले पुलिसलाई पहिलो सेट २५–२२ ले हराएको थियो। तर, दोस्रो सेटबाट नेपाल पुसिल क्लबले लगातार तीन वटा सेट जितेको हो।

नेपाल पुसिल क्लबले एपिएफलाई दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२३ ले हराउँदै विजयी भएको छ।

हराएको छ। ले हराउँदै विजयी भएको थियो।

यस्तै, बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको हो।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो। दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो।

त्यसपछिका सेटमा भने गण्डकीले लगातार बाजी मार्न सफल भयो। तेस्रो सेटमा आर्मीलाई २६–२४ ले तथा चौथो तथा अन्तिम सेटमा २५–२२ ले नतिजा निकाल्दै गण्डकीले जित निकालेको हो।

पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तिन विभागीयसहित ७ प्रदेश गरि १० टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया