आर्मीलाई हराउँदै गण्डकी राष्ट्रिय भलिबलमा तेस्रो

सुर्खेत ।  त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो भएको छ।



बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पाखा लगाएको हो।

समूह चरणमा गण्डकी प्रदेश आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। तेस्रो स्थानमा आर्मीलाई हराउँदै गण्डकीले त्यो हारको बदला पनि लिएको छ।

गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो। दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो।

त्यसपछिका सेटमा भने गण्डकीले लगातार बाजी मार्न सफल भयो। तेस्रो सेटमा आर्मीलाई २६–२४ ले तथा चौथो तथा अन्तिम सेटमा २५–२२ ले नतिजा निकाल्दै गण्डकीले जित निकालेको हो।

उपाधिका लागि बिहीबारै विभागीय डर्वीमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।

पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तिन विभागीयसहित ७ प्रदेश गरि १० टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया