कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।



मंगलबार बसेको प्रदेशसभा बैठकले विष्टलाई कोशीको सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो ।

तपाईको प्रतिक्रिया