कर्णालीका प्रमुख पर्यटकियस्थल पुर्याउन स्कारपियो बने सार्वजनिक यातायात

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख पर्यटकिय स्थलसम्म पुग्ने यात्रुलाई स्तरिय सेवा दिने उद्देश्यसहित भिजिट कर्णाली यातायात प्रालि सञ्चालनमा आएको छ । प्रदेश राजधानी सुर्खेतलाई पर्यटनको हब बनाई स्तरीय र भरर्दो यातायात सेवा दिन रातो नम्बर प्लेटका गाडीलाई सार्वजनिक सवारीका रुपमा सञ्चालन गर्न लागिएको हो ।



जसका लागि एसी हिटर लगजरी सिटसहितका १८ स्कारपियो सञ्चालनमा ल्याएको यातायात प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले जानकारी दिए । नेपाल सरकारले तोकेको सार्वजनिक सवारी कै सहर रहने गरी भाडा दर तोकिएको छ ।
यस्तै, सुर्खेत उपत्यकाभित्र यात्रुलाई स–शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।

कर्णालीका प्रमुख पर्यटकिय गन्तव्यहरु मुगुको रारा, जुम्लाको चन्दनाथ, कालिकोटको पचालझरना, दैलेखको पञ्चकोशी, महाबुधाम, सल्यानको कुपिण्डेदह हुदै खैरावाङ्ग, जाजरकोटको खलङ्गा तथा रुकुमको खलङ्गा र मुसिकोटसम्म पुग्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र स्तरिय सेवा दिन प्रालिको स्थापना गरिएको शाहीले बताए ।

तपाईको प्रतिक्रिया