भेरी नदीमा डुबेर एक जनाको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ करली खोला स्थित भेरी नदीमा डुबेर एक जनाएको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार भेरीगंगा–१३ बस्ने ५२ वर्षीय रत्नबहादुर चन्दको डुबेर मृत्यु भएको हो।



चन्द नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएको खबर स्थानीय पह्ररीलाई गरेपछि ४ जनाको प्रहरी टोलि खटिएर उनको खोजी थालेको थियो।

भेरी नदीमा खोजतलास गर्दै जाँदा रत्नबहादुर घटना स्थल नजिकै पानिमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको लागी तालुक इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको थियो।

तपाईको प्रतिक्रिया