सुर्खेत । कर्णालीबाट आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि गठवन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बिच राष्ट्रिय सभाका ३ सिटमा १÷१ सिट लिने गरी भागवण्डा भएको छ ।

तीन दलिय गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका बिष्णु बिकले मनोनयन दताए गराएका हुन् । महिलाततर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार रहेका छन् ।

यसै बिच एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराई सकेको छ । एमालेबाट राष्ट्रियसभा सदस्यका लागि विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका हुन् ।
हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन् ।
यस्तो छ मतभार

सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालीमा यसपटक एमाले शून्य हुने पक्का छ । कांग्रेससँग प्रदेश र स्थानीय तहको निर्वाचनको कुल मतभार १ हजार ९ सय ७६ छ । स्थानीय तहका प्रमुख÷अध्यक्ष ६ सय ८ र उप–प्रमुख÷उपाध्यक्षबाट ५ सय ३२ र प्रदेशसभामा ७ सय ९५ मतभार रहेको छ ।
यस्तै, माओवादी केन्द्रसँग स्थानीय तहको प्रमुख÷अध्यक्ष गरी ४ सय ३७ र उप–प्रमुख÷उपाध्यक्षको ४ सय ७५ र प्रदेशसभा सदस्य ६ सय ८९ गरी जम्मा १ हजार ६ सय १ मतभार छ । एमालेसँग स्थानीय तहका प्रमुख÷अध्यक्ष गरी २ सय ८५, उप–प्रमुख÷उपाध्यक्षबाट ३ सय ८० र प्रदेशसभामा ५ सय ३० गरी कुल १ हजार १ सय ९५ मतभार छ ।
यस्तै, एकीकृत समाजवादीसँग स्थानीय तहका प्रमुख÷अध्यक्ष गरी ७६ र उप–प्रमुख÷उपाध्यक्ष गरी १ सय १४ र प्रदेशसभामा ५३ गरी जम्मा २ सय ४३ मतभार छ । स्थानीय तहका प्रमुखमा निर्वाचित भएका ५ जनाको मतभार ९५ रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा ५३ मतभार छ ।

नेपाल कर्म । २३ पुष २०८०, सोमबार १४:५२