कर्णालीमा एमालेका तीन उम्मेदवारले गराए मनोनयन दर्ता

सुर्खेत । कर्णालीबाट आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।



एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका हुन्।

एमालेबाट हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन्।

 

तपाईको प्रतिक्रिया