भूकम्प तथा विपद्मा मानसिक स्वास्थ्यको आवश्यकता विषयमा अन्तरक्रिया

सुर्खेत । प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना तथा भूकम्प वा विपद्मा मानसिक स्वास्थ्यको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको आयोजनामा र सी.एम.सी नेपालको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।



अन्तरक्रियाका क्रममा गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित पालिकाका जनप्रतिनिधि, पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रमुखहरुले आफ्नो अनुभव तथा भोगेका समस्याहरू राखेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रममा २०७२ सालमा नेपालमा गएको भूकम्प पारेको मानसिक स्वाथ्य समस्या भन्दा गत कात्तिकमा गएको भूकम्पले मानिसहरुको मानसिक स्वास्थ्य अवस्था सामान्य रहेको जस्ता विषयबस्तु उल्लेख गरिएको थियो।

यस्तै, बरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डाक्टर बासुदेव कार्कीले अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया