एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन फागुन ४, ५ र ६ गते

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौं जिल्ला अधिवेशन फागुन फागुन ४, ५ र ६ गते वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ। जिल्ला अध्यक्ष अमृत बहादुर वि.सीको अध्यक्षता सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।



बैठकमा सहभागी नौ वटै पालिकाका पार्टी अध्यक्ष तया इञ्चार्जहरुले आफ्ना पालिकामा भएका पार्टी गतिविधि तथा अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए। बैठकले अधिवेशनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न समिति गठन तथा संयोेजकहरु तोकेको छ।

राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समितिमा संयोजक अमृतबहादुर वि.सी., प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा कलमणि देवकोटा, प्रचार–प्रसार उपसमितिमा संयोजक गंगाराम तिमिल्सेना, आर्थिक व्यवस्थापन उपसमिति संयोजक डम्मरप्रसाद तिवारी, भोजन व्यवस्थापन समिति संयोजक पूर्णप्रसाद पौडेल रहेका छन्।

यस्तै, स्वयंसेवक परिचालन समितिमा संयोजक गंगाराम सुनार, सहसंयोजक गणेशमान खनाल, मञ्च तथा हल व्यवस्थापन समिति संयोजक सुर्यबहादुर रावत, अतिथि सत्कार समिति संयोजक कोकिला सिंह बि.सी, स्वास्थ्य सेवा समिति संयोजकमा दिर्घ मल्ल रहेका छन्।

बैठकले प्रतिनिधित्वका क्षेत्र अन्यः वडा स्तरका मेलाबाट छनोट गर्ने, दलितः पालिका स्तरका भेलाबाट छनौट गर्ने, जनसंगठन जिल्ला कमिटीको बैठकबाट सम्बन्धित कमिटीका सदस्य मात्र छनौट गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा स्थायी कमिटी सदस्य तथा सुर्खेत इञ्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य मोहनमाया ढकाल र डम्मरबहादुर विष्टको आतिथ्यता रहेको थियो।

तपाईको प्रतिक्रिया