काठमाडौँ । अभिनेत्री मिरुना मगर फिल्म ‘गाउँ नै रमाइलो’ मा अनुबन्धित भएकी छिन्। फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री मिरुनाबीच कागती सम्झौता भएको निर्माता हिमाल कडरियाले जानकारी दिए।
यसअघि फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राई फाइनल भइसकेका छन्। फिल्ममा मिरुना कसको जोडीको रुपमा देखिन लागेकी हुन् भन्ने खुलेको छैन।
यस्तै, फिल्ममा बुद्धि तामाङको पनि इन्ट्री भएको छ। फिल्ममा अब अन्य फाइनल गर्न बाँकी रहेको निर्माण टिमले जनाएको छ।

दिनेश राउतको निर्देशन हुने फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गरिनेछ। ‘पुजार सार्की’ को सुटिङ सकिएपछि दिनेश यस फिल्मको निर्देशनमा लाग्नेछन्।

क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ। फिल्म ‘गाउँ नै रमाइलो’ लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ।
निर्माता कडरियाले बनाएको फिल्म ‘नाङ्गो गाउँ’ यो बर्षको हिट फिल्म हो। उनले नाङ्गो गाउँ २ हिट भएसँगै ुदुःखी आत्मा’ निर्माणको पनि घोषणा गरिसकेका छन्।

नेपाल कर्म । २२ पुष २०८०, आईतवार १३:०९