जनजागृत प्राथामिकमा पढाई मेला तथा शैक्षिक सामाग्री प्रदर्शन

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरमा रहेको जनजागृत प्राथामिक विद्यालयले पढाई मेला तथा शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ।



पुस–२० गते शुक्रबारका दिन जनजागृत प्राथमिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक कार्य योजना अनुरूप पढाई मेला तथा उत्सव र शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रम गरेको हो।

विद्यालयका अनुसार उक्त कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता ग्रहणमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयको निमन्त्रणा गरे अनुसार अन्य सामुदियक विद्यालयहरूको पनि सहभागीता रहेको थियो।

उक्त कार्यक्रमको ब्यस्थापनका लागि अमेरिकाको भर्जनियामा वसोबास गर्ने समाजसेवी जयन्ती थापाले आर्थिक रकम १५ हजार दिएर सहयोग गरेकी थिइन्।

तपाईको प्रतिक्रिया