सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्यमा कर्णालीबाट दैलेखका विनोदकुमार शाह मनोनित भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शाहलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।
शाहसँगै अन्य पाच जना नेताहरु पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
जसमा कोशीबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, सुदूरपश्चिबाट दामोदर भण्डारी र मधेश प्रदेशको अध्यक्षबाट बाहिरिएका रामअवतार यादव केन्द्रीय सदस्य बनेका हुन्।


यस्तै, झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

नेपाल कर्म । २० पुष २०८०, शुक्रबार १७:४५