सुर्खेतमा आजदेखि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदै

सुर्खेत । सुर्खेतमा आजदेखि ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । ७ प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने प्रतियोगिता कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल संघले आयोजना गर्न लागेको हो ।



नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।
कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यो खेलबाट राष्ट्रिय टिम छनोट हुने जनाइएको छ । खेलका लागि आवश्यक तयारी पुरा भइसकेको छ । कर्णालीमा राष्ट्रियस्तरका प्रशिक्षक आउन नसकेको अवस्थामा यो खेलमार्फत कर्णालीको भलिबल प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया