लागूऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न मितीमा गरि लागूऔषधसहित चार जनालाई पक्राउ गरेकोबारेमा बुधबार जानकारी दिएको हो।



प्रहरीकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनर नगरपालिका–८ बस्ने २१ वर्षीय गौरव रावत, वीरेन्द्रनगर–६ बस्ने जीवन मर्साङ्गी, हुम्लाको चंखेली गाउँपालिका–६ का २३ वर्षीय सूर्य शाही, र वीरेन्द्रनगर नगरपालिका–५ बस्ने २६ वर्षीय सुवास खत्री रहेका छन्।

प्रहरीले रावत र जीवन मर्साङ्गीलाई सोमबार वीरेन्द्रनगर–८ खजुरा वातावरण टोलबाट १ ग्राम १० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो।

यस्तै, हुम्लाका शाही र वीरेन्द्रनगर–५ का खत्रीलाई ३७० मिलिग्राम लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरि उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया