सुर्खेत । सुर्खेतका नयाँ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निजी क्षेत्रका साझा समस्याहरुका बारेमा आपूm जानकार रहेको भन्दै यस्ता समस्याहरु क्रमिक रुपमा सम्वोधन र समाधन गर्दै जाने प्रतिवद्धता जनाएका छन्।

सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा नयाँ प्रजिअ आचार्यले प्रदेश राजधानी र सिंगो प्रदेशको प्रवेश द्धारका रुपमा रहेको सुर्खेतमा हुनसक्ने अवाञ्छित क्रियाकलापबारे आपूm जानकार रहेको बताएका हुन ।

पछिल्लो समय कानून बनाउने अधिकारसहितको स्थानीय सरकारहरुले निर्धारित समयमा कानून निर्माण नगर्दा कतिपय विषयमा स्थानीय प्रशासनलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको उनको गुनासो रहेको छ।

प्रदेश राजधानी भएका कारण बढ्दो जनसंख्या र शहरीकरणका कारण चोरीचकारी, लागूऔषध, सडक दुर्घटनालगायत शान्ति सुरक्षा विपरित विभिन्न गतिविधि बढ्दै गएको भन्दै संघका अध्यक्ष लक्ष्मण कंडेलले प्रजिअको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, नेउवामहासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाही, पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थिया ।

नेपाल कर्म । १७ पुष २०८०, मंगलवार १६:२०