६ जना कर्मचारीलाई निलम्बन पश्चात खुल्यो एमयूको परीक्षा व्यवस्थापनमा लागेको ताला

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थान कार्यालयमा लागेको ताला खुलेको छ।



३ पुसमा विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयद्धारा संचालित हुने ग्याजुयट स्कुल अफ इन्जिनियरिङ्ग तर्फको हाइड्रोपावर इन्जिनियरिङ्ग छैठौं समेस्टरको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको भन्दै विद्यार्थीहरुले कार्यालयमा ताला लगाएका थिए।

आइतबार विद्यार्थीसँगको संयुक्त छलफलपछि कार्यालयका ६ जना कर्मचारीलाई निलम्बन गर्ने र ५ जना कर्मचारीलाई सरुवा गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आइतबार ताला खुलेको हो।

उक्त विषयमा छानविन समितिले सुक्ष्मरुपमा अध्ययन गरिरहेको बताउदै दोषीलाई कारवाही गरेरै छाड्ने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपती नन्दबहादुर सिंहले बताए।

तपाईको प्रतिक्रिया