सुर्खेत । सुर्खेतमा गृहमन्त्री नारायणकाजी श्रैष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको पुत्ला दहन गरिएको छ। ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर कर्णालीका युवाहरूले पुत्ला दहन गरेका हुन्।

शुक्रबार बालकुमारीमा भएको (ईपीएस) कोरिया भाषा परीक्षाका विषयमा लिएर भएको विद्यार्थी आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्रबहादुर शाह रहेका छन्।


उक्त दुई जना विद्यार्थीहरूको आन्दोलनमा प्रहरीको लाठिचार्ज र गोली प्रहारबाट मृत्यु भएपछि सरकारकोविरुधमा देशैभर आन्दोलन भइरहेको छ।

नेपाल कर्म । १६ पुष २०८०, सोमबार १४:२५