गृह र भौतिक पूर्वाधारमन्त्रीको पुत्ला दहन

सुर्खेत । वीरेन्द्रनगरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको पुत्ला जलाइएको छ ।



शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेख र अछामका दुई युवाको मृत्यु भएपछि विरोधमा उत्रिएका आफन्तहरुले श्रेष्ठ र ज्वालको पुत्ला जलाएका हुन् । शुक्रबार साँझबाट सुरु भएको आन्दोलनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन जारी छ ।
पीडित पक्षले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने लगायतका माग अघि सारेका छन् । आन्दोलनका कारण सुर्खेतमा सरकारी सवारी साधन चलाउनमा पूर्णरुपमा रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया