बालकुमारीको घटनालाई लिएर सुर्खेत प्रशासन अगाडी नाराबाजी

सुर्खेत । शुक्रबार (पुस–१३) गते ललितपुरको बालकुमारीमा घटेको घटनाको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सुर्खेत अगाडी नाराबाजी गरिएको छ। सोमबार दिउँसो साढे १२ बजेदेखि मृतकका आफन्तहरू जिल्ला प्रशासन कार्यालय सुर्खेतको गेट अगाडी नाराबाजी गरेका हुन्।



साथै उनिहरूले प्रशासन कार्यालय अगाडीको सडकखण्डमा टायर बालेर नेपाल सरकारकाविरुद्धमा विरोध प्रदर्शन गरेका छन्।

उनिहरूले ‘युवा मार्न पाईदैन्, नालायक सरकार चाहिदैन, नालायक राजिनामा दे, गृहमन्त्री राजिनामा दे, हाम्रो आन्दोलन जारी छ’ जस्ता नाराहरु लगाएका छन्।

मृतकका आफन्तहरुले नेपाल टेलिकम अगाडीको सडकमा टायर बालेका छन्।

ललितपुरको बालकुमारीमा घटेको घटनामा दैलेख २१ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्रबहादुर शाहको मृत्यु भएको थियो।

मृतकका आफन्त तथा कर्णालीका युवाहरुले सोमबार बिहानदेखि सुर्खेतमा सञ्चालित ७७ बढी सरकारी सवारी साधनहरू नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

तपाईको प्रतिक्रिया