सुर्खेतमा सरकारी सवारी बन्द, कार्यक्रममा मन्त्रालयबाटै हिँडेर पुगे मन्त्री

सुर्खेत । शुक्रबार (पुस–१३) गते ललितपुरको बालकुमारीमा भएको आन्दोलनबाट दैलेख र अछाम गरि दुई जनाको मृत्यु भएपछि सुर्खेतमा सरकारी सवारी साधन बन्द गरिएको छ।



मृतकका आफन्तहरुले सोमबार बिहानैदेखि सरकारी सवारी साधनहरू बन्द गराएका छन्।

आन्दोलन संघर्ष समिति र युवा विद्रोह समूहले शुक्रबार साँझदेखि नै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आन्दोन जारी राखेका हुन्।

सोमबार (पुस–१६) गते पनि मृतकका आफन्तले आन्दोलनसँगै सुर्खेतमा सरकारी सवारी साधन बन्द गराएपछि कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल हिँडेर कार्यक्रममा पुगेका छन्।

सामाजिकमन्त्री पोखरेल कर्णाली प्रदेश खेलकुद परिषद्को स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरेको तेस्रो वार्षिक उत्सब कार्यक्रममा सहभागी हुनका लागि मन्त्रालयबाट हिँडेर कार्यक्रम स्थल पुगेका हुन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका एरीचोक, इत्राम, मंगलगढीचोक लगायत स्थानमा पीडित पक्षकाे आन्दोलन जारी  छ।

विद्रोह समूहले सरकारी सवारी साधनहरु ७० वटा मोटरसाइकल र सात वटा चारपांग्रे गाडीलाई नियन्त्रणमा लिएर कर्णादी प्रदेश ट्राफिक र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएको छ।

यस्तै, आन्दोलन संघर्ष समितिले शुक्रबार सडक आन्दोलन र शनिबार वीरेन्द्रनगर बजारको यरीचोकबाट र्‍यालीसहित मंगलगढी पुगेर एक घण्टा सम्पूर्ण सवारी साधानहरु चल्न नदिएर सडक चक्काजाम गरेको थियो।

तपाईको प्रतिक्रिया