पञ्चपुरी नगरपालिका-४ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन

दिलिप कडेल




सुर्खेत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा पञ्चपुरी नगरपालिकाको वडा नं ४ मा वडा कमिटी गठन गरिएको छ। पञ्चपुरी नगरपालिका वडा नम्बर ४ को बरैचेमा शनिबार भएको युवाहरुको भेलाले वडा कमिटी गठन गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल पञ्चपुरी नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पञ्चपुरी नगर कमिटी अध्यक्ष धनबहादुर थापाले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताए।

उनले भने, ‘युवा त्यो हो जोसंग सुदृढ सपना र त्यसलाई पुरा गर्ने सहास छ। त्यसैले समाजलाई सकारात्क दिसा तर्फ लैजान युवाहरु एक हुन जरुरी छ।’

साथै उनले समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गरे। उनले भने, ‘युवा देश निर्माणको मेरुडण्ड हो। त्यसैले विकास निर्माणका हरेक काममा युवाहरुको सक्रय भूमिका हुन आवश्यक छ। साथै समाजमा हुने सामाजिक विकृति र विसंगतीलाई हटाउनका लागि युवाहरुले पहल गर्न जरुरी छ। गलत कार्यविरुद्ध युवाहरु एक जुट भएर लाग्नुपर्छ।’्

यस्तै, युवा संघको भेलामा बेल्दै पञ्चपुरी नगरपालिका वडा न ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले समाजको मुहार फेर्नका लागि युवाहरु एक भएर लाग्नुपर्ने बताए।

उनले भने, ‘युवा देशको कर्णधार भएकाले विकास निर्माणमा युवाको सहभागिता हुन जरुरी छ। युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लैजानेमा मेरो पनि सहयोग रहनेछ। र युवा बेरोजगारीको अन्त्य गर्नका लागि युवा लक्षित कार्यक्रमा सम्बन्धित निकायमा जोड दिनेछु।’

पञ्चपुरी नगरपालिका वडा नम्बर ४ को बरैचेमा भएको युवा संघको भेलाले गणेश बिसीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ।

तपाईको प्रतिक्रिया