सुर्खेत । शुक्रबार बालकुमारीमा भएको घटनामा दुई युवाको मृत्यु भएपछि त्यसको विरोधमा मुगुमा राँके जुलुस निकालिएको छ। विद्यार्थी नेताहरूले मुगुमा सरकारको विरुद्धमा शनिबार साँझ राँके जुलुस निकालेका हुन्।
शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्रबहादुर शाहको मृत्यु भएपछि शनिबार कर्णाली प्रदेशका अधिकांश जिल्लाका विभिन्न स्थानहरुमा हिजोदेखिनै सरकारविरुद्ध आन्दोलन सुरु भएको छ।


अनेरास्ववियु कर्णाली प्रदेशका सह–संयोजक मिजाश मल्लले मृतक युवाको न्यायका लागि सरकारविरुद्ध शुक्रबार (पुस–१३) गते साँझदेखिनै सरकार विरुद्ध आन्दोलन सुरु भएको जानकारी दिए।

उनका अनुसार अनेरास्ववियु मुगु जिल्ला कमिटीले मुगुमा सरकारका विरुद्ध राँके जुलुस निकालेको छ।
उनिहरुले ‘गठनबन्धन सरकार मुर्दावाद, प्रचण्डाको पाराले दुःख पाए साराले, नालायक गृहमन्त्री राजीनामा दे, नेता जति देशमा युवा जति विदेशमा’ जस्ता लगाएका थिए।


नेपाल कर्म । १४ पुष २०८०, शनिबार १८:०१